बिहीबार, भदौ ४, २०८३

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आज सकिने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज बुधबार सकिने भएको छ। अघिल्लो सोमबार भएको मतदानको गणना आज सकिन लागेको हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज बुधबार सकिने भएको छ। अघिल्लो सोमबार भएको मतदानको गणना आज सकिन लागेको हो।

दलित, जनजाति, खस आर्य र आदिवासीतर्फ केन्द्रीय सदस्यको मतगणना गरिसकेपछि १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन समितिका आयुक्त गोपाल घिमिरेका अनुसार अब तीन वटा क्लस्टरको मतगणना बाँकी छ। उनले करिब दुई हजारको संख्यामा मत गणना गर्न बाँकी रहेको र आज साँझ अबेरसम्म नतिजा आइसक्ने जानकारी दिए।

नेपाली कांग्रेसमा पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको संख्या १३४ हुने व्यवस्था छ। 

प्रकाशित: Dec 22, 2021| 17:37 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...