बिहीबार, भदौ ४, २०८३

नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक पुस १० मा

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय कमिटीको बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनले १० गते बैठक बोलाउने भए पनि समय भने तय भइनसकेको जानकारी दिएका छन्। त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ। सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन्। 

१४औं महाधिवेशनबाट १३ जना पदाधिकारी १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन्।

प्रकाशित: Dec 22, 2021| 17:25 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...