मंगलबार, मंसिर २, २०८२

वीरगन्ज सुक्खा बन्दरगाहमा भारतीय कम्पनीबाट ठगिँदै व्यवसायी

नेपालका लागि तेस्रो मुलुकबाट भारतको कलकता, विशाखापट्टनम, हल्दीया पोर्ट लगायत बन्दरगाहबाट मालवाहक रेलमार्फत वीरगन्जको सुख्खा बन्दरगाह हुँदै मालसामान नेपाल भित्रिन्छ। गोदाममा भित्रिएपछि तौलपुलले समयमै काटा गर्न नसक्दा व्यवसायीहरुले मालसमान गोदाममा थन्क्याउनुपर्ने बाध्यता छ।
 |  बिहीबार, पुस ८, २०७८

जियालाल साह

जियालाल साह

बिहीबार, पुस ८, २०७८

पर्सा– वीरगन्जको सिर्सियास्थित नेपालकै पहिलो सुक्खा बन्दरगाह कार्यालय सञ्चालन गर्ने प्रिस्टिन भ्याली प्रालिले तौल गर्ने मेसिन बिगारेर नेपाली व्यवसायीहरुसँग डिटेन्सन लगायतको अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको छ।

National life

नेपालका लागि तेस्रो मुलुकबाट भारतको कलकता, विशाखापट्टनम, हल्दीया पोर्ट लगायत बन्दरगाहबाट मालवाहक रेलमार्फत वीरगन्जको सुख्खा बन्दरगाह हुँदै मालसामान नेपाल भित्रिन्छ। गोदाममा भित्रिएपछि तौलपुलले समयमै काटा गर्न नसक्दा व्यवसायीहरुले मालसमान गोदाममा थन्क्याउनुपर्ने बाध्यता छ।

दुईवटा तौलपुल भए पनि एउटा मर्मत भइरहेको सूचना दिएर एउटामात्रै सञ्चालन हुँदा दैनिक सयौं व्यापारी तथा मालवाहक ट्रकधनीहरुले अतिरिक्त शुल्क तिर्नु परिरहेको छ। यसको मार अन्ततः उपभोक्तालाई पर्ने गर्छ। आयात सहजीकरण गरी समय र लागत कम गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएकाले सुक्खा बन्दरगाह कार्यालयमा तीन महिनासम्म सामान होल्ड गर्नुपर्ने बाध्यता रहेको व्यवसायीले गुनासो गरेका छन्। सुक्खा बन्दरगाह कार्यालय ठेक्कामा लिएको भारतीय कम्पनी प्रिस्टिन भ्याली प्रालिको कमाइ धन्दाका कारण नेपाली व्यवसायीहरु ठगिएका हुन्। उपकरणहरुको व्यवस्थापन गर्न नसक्दा नेपाली व्यवसायीले अनेक समस्या झेलिरहेको व्यवसायी सुरेश कुमारले गुनासो गरे।

‘कार्यालयभित्र बिसिएन गोदामबाट बोराबन्द सामानमा मल, स्पन्ज आइरनको धूलो, भटमास, चामल, चिनी र त्यसैगरी खुल्ला गोदामबाट फलामजन्य औद्योगिक कच्चा पदार्थमा एमएस बिलेट, स्पन्ज, एंगल च्यानल बिम, एचआर सिट, एचआर क्वाइललगायत सामान ट्रक र टेलरमा लोड गरी जाँचपास गर्नुपर्छ। दैनिक १ सय २० भन्दा बढी गाडी निस्किनुपर्नेमा एउटा तौलपुल बिग्रँदा ८० वटा गाडीको मात्र दैनिक जाँचपास भइरहेको छ। अन्य गाडीहरू लाइनमा बसेर घण्टौं कुर्नुपर्ने बाध्यता छ,’ उनले भने। यसले गर्दा नेपाली व्यवसायी र गाडी चालकले दोहोरो शुल्क तिर्नुपरेको सुख्खा बन्दरगाहमा मालढुवानी गर्ने गाडी चालक मनजय सहनीले बताए।

नेपालका लागि तेस्रो मुलुकबाट भारतको कलकता, विशाखापट्टनम, हल्दीया पोर्ट लगायत बन्दरगाहबाट मालवाहक रेलमार्फत वीरगन्जको सुख्खा बन्दरगाह हुँदै मालसामान नेपाल भित्रिन्छ। गोदाममा भित्रिएपछि तौलपुलले समयमै काटा गर्न नसक्दा व्यवसायीहरुले मालसमान गोदाममा थन्क्याउनुपर्ने बाध्यता छ।

प्रिस्टिन भ्यालीले पार्किङ, गोदाम शुल्क, प्रवेश शुल्क लिँदै आएको छ। यस बाहेक तौलपुल गरेबापत समेत आयातकर्ताले प्रतिगाडी साढे चार सय रुपैयाँ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्यालीलाई तिर्छन्। तर समयमा गाडी तौल हुन नसक्दा समयमै गाडी निस्किन पाउँदैन भने अर्कोतर्फ लामो समयसम्म मालसामान बोकेर लाइनमा गाडी होल्ड हुँदा गाडीको चक्का, मिरर ग्लास लगायतमा पनि क्षति पुग्ने गरेको व्यवसायी मोतिलाल यादवको भनाइ छ।

Laxmi sunrise bank
kumari

‘अहिले पनि पश्चिमतिरको तौलपुलले मात्र थेगिरहेको छ।  पूर्वपट्टिको तौलपुल विगत १२ दिनदेखि बिग्रिएर मर्मत सम्भार भइरहेको भनिएको छ तर मर्मत गर्ने कोही कर्मचारी तौलपुलमा देखिन्नन्,’ उनले भने। 

बिसिएन गोदाममा भारी सामान लोड अनलोड गर्ने क्रेन र हाइड्रा पनि बिग्रेको अवस्थामा रहेकाले सामान लोड–अनलोडमा समेत समस्या भइरहेको व्यवसायी रामराज मण्डलले बताए । प्रिस्टिन भ्यालीका सञ्चालक प्रमुख अतुल कुमार शर्माले भने तौलपुल लगायत अन्य उपकरणको व्यवस्थापनको लागि कम्पनी गम्भीर रहेको दाबी गरे। दुईवटा काँटामध्ये एउटा बन्द हुँदा पनि समस्या नरहेको उनको तर्क छ।

प्रकाशित: Dec 23, 2021| 06:31 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।