आइतबार, फागुन १७, २०८२

कांग्रेस प्रदेश–२ निर्वाचन : देउवा र निधि पक्षबीच झडप

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको निर्वाचन अझैसम्म सुरु हुन नसकेपछि दुई समूहबीच झडप भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको निर्वाचन अझैसम्म सुरु हुन नसकेपछि दुई समूहबीच झडप भएको छ।

मतदानस्थल गोपाल धर्मशालामा सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र कृष्णप्रसाद यादव पक्षका युवाहरुले निर्वाचन गराउने वा नगराउने विषयमा नाराबाजी गरेपछि सामान्य झडप भएको हो। 

रामसरोज प्यानलका युवाहरुले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध नारावाजी गरिरहेका छन् भने कृष्ण यादव प्यानलका युवाहरु मन्त्री रामसरोज यादवविरुद्ध नाराबाजी गरिरहेका छन्। सोही क्रममा दुई समूहबीच झडप भएको हो। 

कृष्ण यादव पक्षले आजै निर्वाचन हुनुपर्ने अडान राखेको छ भने रामसरोज पक्षका युवाहरुले भोलि बिहीबार निर्वाचन गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्। 

प्रकाशित: Dec 22, 2021| 17:12 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।