बिहीबार, चैत १२, २०८२

विश्वकै महंगा खेलाडीको चौथो नम्बरमा रोनाल्डो, को–को छन् अघि?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - स्पेनिस क्लब रियल मड्रिडमा नौं बर्ष विताएका पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने पक्का भएको छ। युभेन्टस जाने पक्का भएसँगै उनी विश्वका महंगा खेलाडीको चौंथो सूचीमा परेका छन्। ३३ वर्षीया रोनाल्डो १ सय १२ मिलियन युरोमा युभेन्टस जाने भएका हुन्। उनले भने, ‘मेरो जिवनको नयाँ चरणको शुरुवातको समय आयो। त्यस कारण मलाई ट्रान्सफर स्वीकार छ।’

फुटबल प्रेमीलाई अब त्यो खेलको प्रतिक्षा छ। जुन रोनाल्डोको पुर्व क्लब रियल र वर्तमान क्लब युभेन्टसबीच खेल हुने छ। यी दुई टिम ४ अगष्टमा अमेरिकामा हुने इन्टरनेस्नल च्याम्पियनसिप कपमा भिड्ने छन्। रियल मड्रिड छोड्दै गर्दा रोनाल्डोले रियलका समर्थकलाई एक विदाई चिठ्ठि लेखेका छन्।

उनले चिठ्ठीमा लेखेका छन्, ‘रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। यस क्लब र यस शहरप्रति ममा सधै कृतज्ञताको भावमात्रै रह्यो। मलाई माया र सद्‍भाव देखाउने सम्पूर्णप्रति आभारी छु ।’
 
उनले लेखे ‘मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थे। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय माया पायौं। व्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जिते। यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु।’

खेलाडी ट्रान्सफरमा सबैभन्दा महंगा खेलाडी
  • नेयमार- २ सय २२ मिलियन युरो - बार्सिलोना देखि पेरिस सेन्ट जर्मेन (पिएसजी)
  • केलियन बाप्पे- १ सय ८० मिलियन युरो -बार्सिलोना देखि पेरिस सेन्ट जर्मेन (पिएसजी)
  • फिलिप्पे काउटिन्हो - १ सय ६० मिलियन युरो - लिभरपुल देखि बार्सिलोना
  • क्रिस्टियानो रोनाल्डो - १ सय १२ मिलियन युरो - रियल मड्रिड देखि युभेन्टस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।