बिहीबार, भदौ ४, २०८३

संसद् बैठक धेरै दिन अवरुद्ध हुँदैन : दिलेन्द्रप्रसाद बडु

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अब धेरै दिन संसद् अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अब धेरै दिन संसद् अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन्।

बुधबार संसद् बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा सम्बद्ध पक्षको ध्यानाकर्षण भइसकेको भन्दै अब धेरै दिन संसद्मा गतिरोध नहुने विश्वास व्यक्त गरेका हुन्। प्रतिपक्ष दलले संसद्लाई फलदायी, उपयोगी बनाउन दिनुपर्ने उनको भनाई छ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छलफलको विषय बनाउनु नहुनेतर्फ उनले प्रतिपक्षी दल एमालेको ध्यानाकर्षण गराएका छन्।  ‘जुन विषय सर्वोच्च अदालतमा वा कुनै न्यायिक निकायमा, अदालतमा विचाराधीन छ, त्यो विषयलाई छलफलमा ल्याउन पनि मिल्दैन,' उनले भने।

संसद्लाई फलदायी बनाउने र उपयोगी बनाउने, संसद र संसद्का मार्फत आफ्ना विषयहरू जनताका समक्ष राख्ने अवसर एमालेले दिनेमा आफूहरू विश्वस्त रहेको उनको प्रतिक्रिया थियो।

प्रकाशित: Dec 22, 2021| 16:25 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...