बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : जो झिनो मतले चार वर्षका लागि रोकिए

नेपाली कांग्रेसको चौधौं महाधिवेशन केही नेताहरूका लागि अविस्मरणीय बनेको छ। निर्वाचनमा जित्ने त खुसी हुने नै भए तर केही नेता यस्ता छन् जाो थोरै मतले पराजित हुनुपरेको छ। निर्वाचनमा पराजित हुनु स्वाभाविकै हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशन केही नेताहरूका लागि अविस्मरणीय बनेको छ। निर्वाचनमा जित्ने त खुसी हुने नै भए तर केही नेता यस्ता छन् जाो थोरै मतले पराजित हुनुपरेको छ। निर्वाचनमा पराजित हुनु स्वाभाविकै हो। केही नेताले भोगेको पराजयचाहिँ उनीहरुको राजनीतिक जीवनकै लागि दःखदायी बन्न पुगेको छ। कारण उनीहरूको नेतृत्व यात्रा चार वर्षका लागि रोकिएको छ।

यसरी पराजित हुनेमध्ये एक हुन् विजयकुमार गच्छदार। शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका उनी दुई मतले पराजित भएका छन्। महाविधेशनमा उनले १९०६ मत पाएका थिए भने धनराज गुरुङले १९०८ मत पाएर विजय भए। गुरुङ शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए।

यस्तो सबैभन्दा थोरै मतले पारजित हुने अर्का नेता हुन् हृदयराम थानी। केन्द्रीय सदस्य कर्णाली प्रदेशतर्फ थानी १ मतले पराजित भएका हुन्। कोइराला प्यानलका थानीले २१९९ मत पाउँदा देउवा प्यानलका कर्णबहादुर बुढाले २२०० मत पाएर विजयी भए। 

थोरै मतले पराजित भएर रिङ आउट हुने अर्का नेता हुन् गुरु घिमिरे। प्रदेश १ सभापतिका लागि भएको निर्वाचनमा घिमिरेले ८४२ पाएर पराजित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वदी उद्धव थापाले ८ सय ४४ पाएर विजयी भएका थिए। थापा देउवा निकट र घिमिरे कोइराला निकटका मानिन्छन्।

अर्का नेता हुन् मनोजमणि आचार्य। ३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमा उनी ३६ औं नम्बरमा परेर बाहिरिए। आचार्यले १ हजार ६ सय ५४ मत पाएका थिए भने ३५ औं नम्बरका घिमिरेले १ हजार ७ सय ७ मत ल्याएर विजय भए।

प्रकाशित: Dec 22, 2021| 19:30 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...