बिहीबार, भदौ ४, २०८३

माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ। 

माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा सो संख्यामा प्रतिनिधि सहभागी हुनेछन्। 

सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी १ हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए। 

राष्ट्रिय सम्मेलन ११–१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तयार पारिरहेका उनले बताए। सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने छ। 

ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा भोगेका विषयमा समीक्षा हुने जानकारी दिएका उनले यसमा कमीकमजोरी औँल्याइने बताए। साथै सम्मेलनले पार्टीलाई एकढिक्का बनाउने उनको विश्वास छ। 

सम्मेलनका लागि अहिले काठमाडौं छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले जानकारी दिए। 

प्रकाशित: Dec 22, 2021| 14:15 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...