आइतबार, चैत ३, २०८१

रामकुमार सदा हत्याको आरोपमा पाँचजना पक्राउ

सिरहामा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

जनकपुरधाम– सिरहामा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नं २ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नं ६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए। 

health

शनिवार राति करिब साढे ८ बजे गोलबजार नगरपालिका वडा नं ६ मा दुई समूहबीच विवाद भएको थियो। सोही विवादमा दीपक साह लगायतको समूहले छुरा प्रहार गरेपछि वडा नं ६ डोहटियाका २६ वर्षीय राम कुमार सदा र रिकेश सदा घाइते भएका थिए। 

घाइतेहरुलाई भूमिजा अस्पताल गोलबजार लगेकोमा थप उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढी लगेकोमा उपचारको क्रममा राम कुमार सदाको मृत्यु भएको र रिकेश सदाको उपचार भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए। 

शनिबार गोलबजार–६ स्थित लक्ष्मी मन्दिर देखि पश्चिम तर्फ जाने सार्वजनिक बाटोमा हो–हल्ला गर्दै आफ्नो घरतर्फ जाँदै गरेको राम प्रसाद सदा लगायतको समूहलाई दीपक साह लगायतको समूहले किन हो–हल्ला गरेको, हल्ला नगरी आफ्नो घर जानु भनेपछि विवाद भई झगडा भएको थियो। 

घटनापछि स्थानीयले आन्दोलन गर्दै राज्यमार्ग अवरुद्ध गरेका थिए। सोही प्रदर्शनको क्रममा प्रहरी तथा स्थानीयहरु घाइते भएका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित: Dec 22, 2021| 14:10 बुधबार, पुस ७, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।