बिहीबार, भदौ ४, २०८३

रेल्वेसहित चारवटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच चारवटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत भएका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच चारवटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत भएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएका नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्वीकृत भएका हुन्।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माथि उल्लेखित तीन वटा अध्यादेश सम्बन्धि प्रस्ताव स्विकृतिका लागि निर्णयार्थ पेश गरेका थिए भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्विकृतिका लागि निर्णयार्थ पेश गरेकी थिइन्। तर ती प्रस्तावहरुको विरोधमा सांसद प्रेम सुवालले सूचना दर्ता गराएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक १८ पुसमा बस्नेछ।


प्रकाशित: Dec 22, 2021| 14:02 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...