बिहीबार, भदौ ४, २०८३

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिए

प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन्।

राष्ट्रपति विद्याभण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेकी हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेको जानकारी दिए।

रक्षामन्त्री रिजालले नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि पुस २ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका थिए।


प्रकाशित: Dec 22, 2021| 13:40 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...