मंगलबार, असार ३०, २०८३

टिपरको ठक्करबाट एक युवकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जडिबुटीमा टिपरले ठक्कर दिंदा १७ बर्षिय रोयल सुबेदीको मृत्यु भएको छ।
 
पेप्सीकोला बस्ने अमन ढुङ्गानाले चलाएको बा ८५ प ७१६ नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले मंगलबार साझ ८ बजे जडिबुटीमा ठक्कर दिएको थियो।

मोटरसाईकलको पछाडी रहेका रोयल सुबेदीको घटनास्थलमै मृत्यु भएको नयाँ बानेश्वर प्रहरी वृतका प्रमुख गोविन्द काफ्लेले जनाएका छन्। मोटरसाईकल चालक अमन ढुङ्गानाको ट्रमा सेन्टरमा उपचार भैइरहेको छ।

टिपर चालक हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यसैगरी बुधबार दिउँसो कलंकीमा ट्रकको ठक्करबाट स्कुटर चालक एक महिलाको मृत्यु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।