आइतबार, चैत ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ कांग्रेस निर्वाचन : सभापतिका उम्मेदवारले भाइ-भाइ भन्दै एकअर्कासँग मागे मत

प्रदेश २ कांग्रेस निर्वाचन : सभापतिका उम्मेदवारले भाइ-भाइ भन्दै एकअर्कासँग मागे मत

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज हुने भनिएको मतदानमा केन्द्र गोपाल धर्माशालामा उम्मेदवारहरु मत माग्न व्यस्त छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज हुने भनिएको मतदानमा केन्द्र गोपाल धर्माशालामा उम्मेदवारहरु मत माग्न व्यस्त छन्। प्रदेश २ को सभापति पदका उम्मेदवारहरु समेत त्यहाँ मत माग्न व्यस्त देखिए। 

health

प्रदेश २ कांग्रेसको सभापति पदका लागि भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दिएका हुन्। दुवै जना गोपाल धर्मशालास्थित मतदान केन्द्रमा मतदाताहरुसँग मत माग्दै थिए। सोही क्रममा दुवै जनाको मतदान केन्द्रमा जम्काभेट भयो। 

जम्काभेट भएपछि दुवैजनाले एक अर्कासँग मत माग्न चुकेनन्। दुवैले अंकमाल गर्दै सहयोग गर्न आग्रह गरे। सभापतिका उम्मेदवार कृष्णले अर्का सभापतिका उम्मेदवार रामसरोज यादवलाई आफू कान्छो भाइ रहेकाले सहयोग गर्न आग्रह गरे। रामसरोजले समेत उनलाई आफू जेठो भाइ रहेकाले मलाई सहयोग गर्नुस् भनेर आग्रह गरेका थिए। 

दुवैजना कांग्रेसी रहेकाले आफूहरुको कांग्रेसलाई बलियो बनाउने ध्येय मात्रै रहेको रामसरोजले प्रतिक्रिया दिए। उनले चुनावको परिणाम जे भए पनि सँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। 

यता १ बजेदेखि मतदान गर्ने तय भए पनि अन्तिम नामावली प्रकाशनमा अबेर भएकोले अहिलेसम्म मतदान प्रकृया सुरु हुन सकेको छैन। ‘मतपत्र छपाइको काम सम्पन्न भएपछि मात्रै मतदान प्रकृया शुरु हुन्छ,’ निर्वाचन संयोजक प्रल्हाद गौतमले भने ।

प्रकाशित: Dec 22, 2021| 13:30 बुधबार, पुस ७, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।