बिहीबार, भदौ ४, २०८३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आजको बैठकमा पनि सरकारले अघि बढाउन चाहेको अमेरिकी सहयोग परियोजना एमसीसी टेवल नहुने भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- प्रतिनिधि सभाको दशौं अधिवेशनको तेस्रो बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा केहि अध्यादेशहरु स्विकृतिका पेश गर्ने कार्यसूची तय गरिएको छ। आजको बैठकमा पनि सरकारले अघि बढाउन चाहेको अमेरिकी सहयोग परियोजना एमसीसी टेवल नहुने भएको छ। 

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ। 

साथै आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ समेत स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

यसअघि हिजो बसेको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच दुईवटा अध्यादेश स्विकृत गरिएको थियो। नेकपा एमाले नवौ अधिवेशनदेखि लगातार संसद् अवरुद्ध पार्दै आएको छ। आफूहरुले कारबाही गरेका माधव नेपालसहितका १४ सांसद्लाई निष्कासन नगरे वा सभामुखले राजीनामा नदिएसम्म संसद्मा जारी अवरोध नहट्ने एमालेले बताउँदै आएको छ।

प्रकाशित: Dec 22, 2021| 08:40 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...