महोत्तरी : सीतापूर भंगहामा नेपाल स्वयंसेवी रक्तदाता समाजले सञ्चालन गरेको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । स्थानीय युवा तथा चिकित्सा प्रयोगशाला विज्ञान संघ नेपालको संयुक्त आयोजनामा भएको थियो ।
भंगहा नगरपालिकाका नगर प्रमुख संजीव कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजले भंगहा नगरपालिकामा रक्तदान जस्तो पबित्र कार्य सञ्चालन भएको भन्दै स्थानीय खुसी भएका छन् । उनीहरूले रक्तदान जीवन दान भन्ने चेतनामूलक नारा सबै गाउँगाउँमा पुर्याउनुपर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४