काठमाडौं- अब एटीएमबाट पैसा झिक्ने क्रममा एटीएम मेसिनले खाताबाट रकम घटाएर पनि ग्राहकले पैसा नपाएमा सम्बन्धित बैंकले बैंकले व्याज तिर्नुपर्ने भएको छ।
बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५–०७६ को मौद्रिक नीति सार्वजनिक गर्नेक्रममा गभरर्नर डा. चिरन्जीवी नेपालले एटीएम असफल भएर खाताबाट पैसा काटिएमा उक्त रकम बराबरको व्याज दिनु पर्ने बताएका हुन्।
‘एटीएम मेसिन वा पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालाको खातामा निश्चित समय भित्रमा रकम फिर्ता गर्नुुपर्ने प्रावधान गरिएको छ,’ उनले भने ‘सो नगरिएमा बैंक तथा वित्तीय संस्थाले उक्त रकमको समेत व्याज दिनुपर्ने व्यवस्था मिलाइनेछ ।’
त्यसैगरी विद्युतीय माध्यमबाट बैंकिङ्ग क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रबद्र्धन गर्न वाणिज्य बैंकहरुले अनिवार्य रुपमा सूचना प्रविधी प्रणालीको लेखापरिक्षण गर्नुपर्ने व्यवस्था गरिने गर्भनर नेपालले बताए।
गर्भनर नेपालले सीमीत बैंकिङ्ग कारोबार गर्न यस बैंकबाट अनुमति प्राप्त सहकारी संस्थाहरुदाई २०७५ साउन १ गतेदेखि राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइनेसमेत जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४