बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : मुस्लिमतर्फको मत परिणाम सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ। 

पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार मुस्लिम खुलातर्फ अब्दुल रज्जाक (२,३९०) र अब्दुल सतार (२,२२८) मत ल्याएर विजयी भएका हुन्।

अकिल मियाँ (१,५९९), मोहम्मद इर्शाद अन्सारी (१,४२१), अब्दुल रहिम (२९९), मोख्तार अहमद (२१८), हसन अन्सारी (४०१), मोहमद निजामुद्दिन (१७९), मोहम्मद नसिर सिद्धिकी (१२३) र सलाउ द्दिन मिया (१६८) मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

केन्द्रीय सदस्य मुस्लिम महिलामा जावेदा खातुन जागा (१,९००) मत ल्याई विजयी भएका छन्। सो प्रतिस्पर्धामा जमिला मिया (१,४४१), गोमा अन्सारी (४७८), जमिला खातुन (३३८), यासीवा रहमान (२०३) र सनम बेगम (१४६) मत प्राप्त गरेका छन्। 

प्रकाशित: Dec 21, 2021| 19:26 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...