बिहीबार, भदौ ४, २०८३

मधेशी क्लस्टरबाट विनोद चौधरी र पूर्वराष्ट्रपतिका छोरा निर्वाचित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ।

 मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ। अन्तिम मत परिणाम अनुसार अजय चौरसिया दुई हजार ५२२, विनोद चौधरी दुई हजार २०६ ,चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

नव निर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुन्। चन्द्रमोहन भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका छोरा हुन्।

मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित

मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी हुनुभएको समितिले जनाएको छ। 

गत मङ्सिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ। समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Dec 21, 2021| 20:10 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...