आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • केन्द्रमा मिलेका देउवा र निधिका प्रदेश २ मा छुट्टाछुट्टै उम्मेदवार

केन्द्रमा मिलेका देउवा र निधिका प्रदेश २ मा छुट्टाछुट्टै उम्मेदवार

नेपाली कांग्रेस प्रदेश २ को सभापति पदका लागि कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका छन्।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को सभापति पदका लागि कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका छन्। 

मतदानस्थल जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर रामसरोज र कृष्णले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। सभापतिमा उम्मेदवारी दिएका रामसरोजलाई नेता विमलेन्द्र निधिको समर्थन छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थ रहेको छ। 

यद्यपि रामसरोजले आफू कुनै गुटबाट नभई कांग्रेसबाट उम्मेदवारी दिएको बताए। आफूलाई सबैको समर्थन रहेको बताउँदै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। कांग्रेसभित्र गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिए। 

उता संस्थापन पक्षबाट कृष्णले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्यानलबाट प्रदेश २को महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

सभापतिका उम्मेदवार कृष्णले निर्वचित भए कांग्रेसलाई विगत जस्तै प्रदेश २ मा मजबुत बनाउने लक्ष्य रहेको बताए। उनले कांग्रेसका सबै नेता–कार्यकर्तालाई साथ लिएर अगाडि बढ्ने बताए। 

kumari

निर्वाचनबाट प्रदेश सभापति, २ उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ।


प्रकाशित: Dec 21, 2021| 16:40 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।