बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मिलन पाण्डेले भने - रविन्द्र मिश्रले गरेको कारबाही अवैध, आयोगमा बुझाएको दस्तावेज किर्ते

मिलन पाण्डेले भने - रविन्द्र मिश्रले गरेको कारबाही अवैध, आयोगमा बुझाएको दस्तावेज किर्ते

पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्ने उल्लेख गर्दै मिश्रले त्यसविपरीत 'पार्टीबाट निष्कासन' गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु दुराशयको पराकाष्ठा भएको पाण्डेको ठहर छ। उनले उक्त र्णयलाई पूर्णतः अस्वीकार गर्नेसमेत बताएका छन्।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफूमाथि गरेको कारबाही अवैध भएको बताएका छन्। उनले उक्त कारबाहीप्रति प्रतिक्रिया दिँदै उनले पार्टी अध्यक्ष मिश्रले अवैधरूपमा आफ्नो समूहको बैठक बोलाइ आफूलाई पार्टी संयोजकबाट निष्कासन गरेको भन्‍ने समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

उनले भनेका छन्, 'विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र, विधान र विचार विपरीत एकाएक पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा हिँड्न पुगेका पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज अवैधरूपमा आफ्नो समूहको बैठक बोलाई मलाई पार्टी संयोजकबाट निष्कासन गरेको भन्ने समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।'

पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि  मार्फत नै हल गर्नुपर्ने उल्लेख गर्दै मिश्रले त्यसविपरीत 'पार्टीबाट निष्कासन' गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र  भ्रमपूर्ण विज्ञप्ति निकाल्नु दुराशयको पराकाष्ठा भएको पाण्डेको ठहर छ। उनले उक्त र्णयलाई पूर्णतः अस्वीकार गर्नेसमेत बताएका छन्।

उनले भनेका छन्, 'म पार्टीका सदस्य तथा आम शुभेच्छुकहरूलाई अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न अनुरोध गर्दछु। मैले उन्नत, अग्रगामी र सुसंस्कृत विवेकशील साझा पार्टी निर्माणका लागि मेरो जीवनका सर्वाधिक ऊर्जाशील १० वर्ष खर्च गरेको छु। तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भई रहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा संलग्न हुँदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि मैले निरन्तर सक्दो योगदान गरेको छु। र, अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध छु। मेरो आस्थालाई कसैले खोस्न र कारबाही गर्न सक्दैन।'

उनले आफूले पार्टी कुनै समानान्तरक कमिटी गठन नगरेको उल्लेख गर्दै मिश्रले निर्वाचन आयोगमा पनि किर्ते दस्तावेज बुझाएकोले आयोगले मिश्रको वैधानिकता दाबीसम्बन्धी निवेदन खारेज गर्नेसमेत विश्‍वास व्यक्त गरेका छन्। 

 यसअघि मिश्रले पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरुविपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्‍याउने काम लगातार गरेको आरोप लगाउँदै पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेका थिए।

प्रकाशित: Dec 21, 2021| 16:43 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...