बिहीबार, चैत १२, २०८२

इङ्ल्याण्ड र क्रोएसियामध्ये को पुग्ला फाइनलमा?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जारी विश्वकप फुटबलको फाइनल पुग्ने दोस्रो टोलीको आज (बुधबार) राति टुंगो लाग्दै छ। फाइनल प्रवेशका लागि बुधबार इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार राति ११:४५ बजे लुझनिकी रंगशाल मस्कोमा शुरु हुँदैछ। 

क्रोएसिया २० वर्षपछि र इङ्ल्यान्ड २८ वर्षपछि अन्तिम चारमा पुग्न सफल भएका हुन्। इङ्ल्यान्डले सन् १९९० र क्रोएशियाले १९९८ को सेमिफाइनल खेलको थिए । अहिलेसम्म फाइनल पुग्न नसकेको क्रोएशिया १९९८ मा आयोजक फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो।
 
यता, इङल्लयाण्ड विश्वकप इतिहासमा एकपटक मात्र १९६६ मा आफ्नै माटोमा भएको विश्वकपमा फाइनल पुगेको थियो। त्यहि बेलानै इङल्याण्ड च्याम्पियन बनेको थियो। विश्वकपको सुरुवाती समयमा दुवै टोलीलाई सेमिफाइनल सम्म पुग्लान् भन्ने कसैले अनुमान पनि गरेका थिएनन्। 

समूह चरणबाट सहज रुपमा अघि बढे। तर, क्रोएशियालाई नकआउट चरणमा पार गर्न असहज भयो। जबकी क्रोएसियाले डेनमार्क र आयोजक रुसलाई नकआउट चरणमा पेनाल्टी सुटआउटमा पुगेर हराएको थियो। त्यस्तै अर्को तिर समूह चरणबाट सहजै अघि बढेको इङल्याण्डले अन्तिम १६ मा कोलम्बियालाई पेनाल्टी सुटआउट र क्वार्टरफाइनलमा स्वीडेनलाई २-० ले हराएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।