काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी कोटाबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन्। पार्टीको १४ औं महाधिवेशन अन्तर्गत अघिल्लो सोमबार भएको मतदानबाट उनीहरु केन्द्रीय सदस्य चुनिएका हुन्।
आज मंगलबार सम्पन्न मतगणअनुसार चौधरीले २२ सय ६ मत ल्याएर दोस्रो नम्बरमा जितेका छन्। सबैभन्दा लोकप्रिय मत भने अजय चौरसियाले २५ सय २२ मत ल्याए। त्यसैगरी चन्द्रमोहन यादवले २१ सय ३८, महेन्द्रकुमार रायले १९ सय ८४ र दिनेशकुमार यादवले १९ सय ५९ मत ल्याएर केन्द्रीय सदस्य जितेका छन्।