सोमबार, फागुन १८, २०८२

कांग्रेस प्रदेश २ अधिवेशन : मनोनयन दर्ता सुरु

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ। 

प्रदेश नम्बर–२ को निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार मंगलबार दिउँसो साढे १ बजे मतदाता नामावली प्रकाशन गरिएको छ भने मनोनयनपत्र दर्ताका लागि आजै दिउँसो साढे १ देखि साढे ४ बजेसम्मको समय निर्धारण गरिएको छ। 

मनोनयन दर्ताका लागि सभापति पदको उम्मेदवारलाई १५ हजार, उपसभापति, महामन्त्री, सहमहामन्त्रीका लागि १० हजार र सदस्य पदका लागि ५ हजार उम्मेदवारी दर्ता शुल्क राखिएको छ।

त्यस्तै, मनोनयनपत्र माथि पर्ने दाबी विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दावी विरोध उपर निर्णय दिने समय साढे ५ देखि ६ बजेसम्म र वर्णानुक्रम अनुसार उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजे तोकिएको छ। 

दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए। मतदान बुधबार बिहान ८ देखि मध्याह्न ४ बजेसम्म हुनेछ। 

kumari

प्रकाशित: Dec 21, 2021| 15:20 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।