काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुको नाराबाजीबीच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले दुईवटा अध्यादेश पारित गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेका यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो।
बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए। तर सो प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। अध्यादेश स्वीकृत भएपछि प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।