काठमाडौं– नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा, नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनतान्त्रिक मोर्चा नेपालले मंगलबार काठमाडौंमा एमसीसी विरुद्ध प्रदर्शन र विरोध सभा गरेका छन्।
एमसीसीलाई संसद्मा प्रस्तुत गर्ने तयारी भइरहँदा विरोध प्रदर्शन भएको हो। माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा आएर विरोध सभामा परिणत भएको थियो। प्रदर्शनलाई लक्षित गरेर माइतीघरदेखि बानेश्वरसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी प्रस्तुत गर्ने तयारी भए पनि उक्त विषय कार्यसूचीमा भने परेन। नेकपा एमालेको अवरोधका बाबजुद सभामुखले बैठक अघि बढाएका छन्।