सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बेपत्ता पारिएका चन्द्रेका पिताको दुःखेसो, 'खै छोरालाई कर्णालीमा फाले कि!'

बेपत्ता पारिएका चन्द्रेका पिताको दुःखेसो, 'खै छोरालाई कर्णालीमा फाले कि!'

‘अन्तरजातीयको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्‍यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरे।'
 |  मंगलबार, पुस ६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

vianetvianet

सिमकोट– अन्तरजातीय युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन्। दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका थिए। ती युवकलाई माइती पक्षद्वारा निर्घात कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका हुन्। 

triton college

सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गरेका थिए। चन्द्रेको घरमा पनि तोडफोड गरिएको छ।

मंसिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधबार रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घात रूपमा कुटपिट गरेको गुनासो बुवा धनजय कामीले गरे।

उनले भने, ‘अन्तरजातीयको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्‍यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरे। आजसम्म भेटाउन सकिएको छैन। खै! छोरालाई कर्णालीमा फाले कि अत्तोपत्तो छैन।’

कामी र मल्ल अन्तरजातीय भएका कारण भागी विवाह गरेका कारण उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहँदै आउनुपरेको थियो। माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएका थिए। 

National life insurance
युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने युवक अझै बेपत्ता छन्। निर्घात कुटपिटपछि युवकलाई कहाँ लगियो अझै अत्तोपत्तो हुन सकेको छैन। 

माइती पक्षले खोजिरहेको भए पनि भेट्टाउन सकेका थिएनन्। पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौं भनेर बोलाएपछि उक्त जोडी घरमा आएका हुन्। बुधबार राति मात्रै युवकको घरमा माइतीपक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए।

युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने युवक अझै बेपत्ता छन्। निर्घात कुटपिटपछि युवकलाई कहाँ लगियो अझै अत्तोपत्तो हुन सकेको छैन। घटनाका विषयमा प्रहरीलाई जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। 

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बेपत्ता युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझ्ने र आवश्यक अनुसन्धान भइरहेकाले युवतीका बुबवालाई प्नि नियन्त्रणमा लिइएको छ। रासस

प्रकाशित: Dec 21, 2021| 12:59 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।