शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस नेता रामनारायण मिश्रको पुण्यतिथि मनाइयो

नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा रामनारायण मिश्रको ५४औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली एवं प्रार्थनासभा आयोजना गरिएको छ।
 |  मंगलबार, पुस ६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

triton college
Metro Mart
vianet

जनकपुरधाम– नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा रामनारायण मिश्रको ५४औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली एवं प्रार्थनासभा आयोजना गरिएको छ। रामनारायण मिश्र स्मारक समितिको आयोजनामा जनकपुरधाममा मंगलबार भजन किर्तनका साथै प्रार्थनासभा गरिएको हो।

जनकपुरधामको गंगा सागरको पूर्वी डीलस्थित मिश्रको अन्तिम संस्कार स्थलमा आयोजित प्रार्थना सभामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो। मिश्रकै छोरा प्रदेश २ प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव लगायतका नेताहरुको उपस्थिति थियो। 

स्व. मिश्र राणाकालीन निरंकुश जहानिया शासनको विरुद्धमा २००४ सालदेखि नै लोकसेवक संघको माध्यमबाट विभिन्न रचनात्मक कृयाकलापहरु गर्दै जनचेतना जगाउने गर्थे। नेपाली कांग्रेसद्वारा सञ्चालित २००७ सालको सशस्त्र क्रान्तिमा समेत उनको सहभागिता रहेको थियो। २०१५ साल फाल्गुन ७ गते भएको संसदीय आमनिर्वाचनमा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएर बीपी कोइरालाको नेतृत्वमा २०१६ साल जेठ १३ गते गठित मन्त्रीमण्डलमा उनी उद्योग वाणिज्य मन्त्री समेत भएका थिए। जनकपुरमा चुरोट कारखाना र बिरगन्जमा चिनी मिलको स्थापनामा उनकै योगदान रहेको थियो।

प्रकाशित: Dec 21, 2021| 12:25 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।