बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसी परियोजना सम्झौता अगाडी बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

एमसीसी परियोजना सम्झौता अगाडी बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

यसअघिका सरकारहरुकै पालामा यो परियोजनाका लागि प्रकृयाहरु अगाडी बढाइएको र नेपालको विकासका लागि परियोजनासंग नेपाल सरकारले सम्झौता गरेकाले एमसीसी परियोजनालाई अगाडी बढाउनु सरकारको दायित्व रहेको बताए।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

जनकपुरधाम- गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजनालाई अगाडी बढाउने नेपाल सरकारको दायित्व रहेको बताएका छन्।

यसअघिका सरकारहरुकै पालामा यो परियोजनाका लागि प्रकृयाहरु अगाडी बढाइएको र नेपालको विकासका लागि परियोजनासंग नेपाल सरकारले सम्झौता गरेकाले एमसीसी परियोजनालाई अगाडी बढाउनु सरकारको दायित्व रहेको बताए। 

नेपाली कांग्रेस प्रदेश २को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आईपुगेका गृहमन्त्री खाँणले संचारकर्मीहरुसंग कुरा गर्दै एमसीसीको बारेमा जनतामा केही भ्रम रहेको बताए। उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसंग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ, यसको अरु कुनै उद्देश्य छैन।’ 

नेपाल सरकारलाई परियोजनाले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको जानकारी गराए। उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋणमा होइन, यो निःशर्त अनुदान हो, गठबन्धनका दलहरुको सहमतिकै आधारमा यो पारित हुन्छ।’

एक प्रश्नमा गृहमन्त्री खाँणले कुनै पनि प्रस्ताव अगाडी बढाउनुभन्दा पहिले सहमति र सहकार्य आवश्यक रहेकाले सरकार यसको तयारीमा लागेको बताए।

प्रकाशित: Dec 21, 2021| 11:15 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...