बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्ष ओली कपिलवस्तुमा, पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओली कपिलवस्तुमा, पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने

सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन्।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन्।

सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन्।

ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिए। अध्यक्ष ओली सोमबार साँझ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका थिए।

कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौं फर्किने बताइएको छ। कपिलवस्तुका राजनीतिज्ञ मंगलप्रसाद गुप्ताको नेतृत्वमा ३ हजारभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको गिरीले बताए। विभिन्न पार्टीका कार्यकर्ताले एमाले प्रवेश गर्ने भनेर नाम टिपाइरहेको पनि उनले बताए।

प्रकाशित: Dec 21, 2021| 10:45 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...