बिहीबार, भदौ ४, २०८३

कांग्रेस प्रदेश २ मा संस्थापन पक्षका सभापति उम्मेदवार कृष्ण यादव

१३औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ। १३औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्रै यादव, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, आनन्द ढुंगाना रमेश रिजालसहितका नेताहरुको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

प्रदेश २ मा मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन र भोलि प्रदेश अधिवेशन उद्घाटनको कार्यक्रम तय भएको छ।

प्रकाशित: Dec 21, 2021| 09:55 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...