बिहीबार, भदौ ४, २०८३

प्रतिनिधि सभाको बैठक आज बस्दै, एमसीसी अघि नबढ्ने

संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत हुने भएका छन्।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- प्रतिनिधि सभाको दशौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ। संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत हुने भएका छन्। 

तर, सरकारले अघि बढाउन खोजेको अमेरिकी सहयोग परियोजना एमसिसीलाई भने सम्भावित कार्यसूचीमा समेटिएको छैन्। मंगलबारको बैठकमा एमसीसी अघि नबढ्ने करिब निश्चित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै प्रतिनिधि सभा बैठकमार्फत एमसिसी अगाडि बढाउने प्रयास गरिरहेका छन्। उनले आइतबार सर्वदलीय बैठक गर्दै संसदमा एमसिसी टेबल गर्न दलहरूलाई सहमतिमा आउन आग्रह गरेका थिए। 

सत्तारूढ दलहरूले नै एमसिसी संशोधनबिना अघि बढाउन तयार नभएपछि अध्ययनका लागि कार्यदल बनाइएको छ। एमसीसी सकेसम्म यहि साता संसद्बाट अघि बढाउनु पर्ने पक्षमा प्रधानमन्त्री देखिएका छन् भने सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीक अध्यक्ष माधव नेपालले अहिलेकै अवस्थामा एमसीसी अघि बढाउन नहुने पक्षमा मत राख्दै आएका छन्। 

सभामुख अग्नि सापकोटाले संसद बैठकमा अवरोध रहेको अवस्थामा एमसिसीमा छलफल गराउन नसकिने बताएका छन्। सभामुख सापकोटाको सचिवालयका अनुसार सापकोटाले एमसिसी अघि बढाउन सर्वदलीय सहमति र संसदको अवरोध हट्नु पर्ने बताउँदै आएका छन्।

प्रकाशित: Dec 21, 2021| 08:37 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...