मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्तरिक मामिलामन्त्रीको प्रतिबद्धतापछि प्रदर्शन बन्द

आन्तरिक मामिलामन्त्रीको प्रतिबद्धतापछि प्रदर्शन बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुर- अपडेट : प्रहरी ऐन संशोधनको माग गर्दै दलित समुदायका प्रतिनिधिले प्रदेश २ को प्रदेशसभा बैठक अघि गरेको प्रदर्शन स्थगित भएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दलित समुदायले उठाएको माग जाय रहेको र त्यसलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रदर्शन स्थगित भएको छ । प्रदर्शनस्थगित भएसँगै अहिले प्रदेशसभा बैठक शुरु भएको छ । 

दलितसमुदायका अगुवाले प्रदेशसभा घेराउ गर्दै प्रर्दशन गरेपछि दिउँसो तीन बजेका लागि बोलाइएको प्रदेशसभा बैठक एक घण्टा रोकिएको थियो । 

विरोध र्‍यालीमा सहभागीहरुले प्रहरी ऐन संशोधन गर्न तथा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउन माग गर्दै प्रदेशसभा घेराउ गरेका थिए । 

उनीहरुले प्रदेशसभा बैठकमा लागि आएका सांसद तथा मन्त्रीहरुलाई प्रवेशद्वार मै रोकेका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, कृषिमन्त्री योगेन्द्र यादव प्रदेशसभाको प्रवेशद्वार मै अड्किएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।