बिहीबार, भदौ ४, २०८३

माओवादी बागमती अध्यक्षमा सरल निर्वाचित (विजयीको सूचीसहित)

प्रदेश सम्मेलनको निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन्। कुल २ सय ६१ मत खसेकोमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन्।

प्रदेश सम्मेलनको निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन्। कुल २ सय ६१ मत खसेकोमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे। 

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन।

प्रकाशित: Dec 21, 2021| 07:40 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...