काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएको छ।
नौ जना निर्वाचित हुने महिला खुला केन्द्रीय सदस्यतर्फ मतगणना सकिएपछि निर्वाचन समितिले सोमबार राति अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो।
जसमा डिला संग्रौलाले सर्वाधिक मत ल्याएकी छन्। उनले कूल ४६७९ मतमध्ये संग्रौलाले २८८५ मत ल्याएकी हुन्।
यस्तै, पुष्पा भुसाल २७१८, डा आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, इश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा कोइराला पौडेल १८५८, शुसीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मतसहित विजयी भएका छन्।
यसअघि सभापतिसहित १३ जना पदाधिकारी, ३५ जना खुला केन्द्रीय सदस्यहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ।