मंगलबार, असार ३०, २०८३

प्रहरी ऐनको विरोधमा प्रदेशसभा घेराउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुर-प्रहरी ऐन संशोधनको माग गर्दै दलित समुदायका प्रतिनिधिले प्रदेश २ को प्रदेशसभा बैठक घेराउ गरेका छन् । 

घेराउनका कारण तीन बजे शुरु हुने भनिएको प्रदेशसभा बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन । 

दलित समुदायका प्रतिनिधिहरुले प्रदेशसभाको प्रवेशद्वारबाट सांसद तथा मन्त्रीहरुलाई रोकेका थिए । 

विरोधर्‍यालीमा सहभागीहरुले प्रहरी ऐन संशोधन गर्न तथा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउन माग गर्दै प्रदेशसभा घेराउ गरेका हुन् । 

उनीहरुले प्रदेशसभा बैठकमा लागि आएका सांसद तथा मन्त्रीहरुलाई प्रवेशद्वार मै रोकेका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, कृषिमन्त्री योगेन्द्र यादव प्रदेशसभाको प्रवेशद्वार मै अड्किएका थिए । 

उनीहरुले आफ्ना माग सम्बोधन गर्न मन्त्रीहरुलाई आग्रह गरेपछि आन्तरिक मामिलामन्त्री यादवले दलित समूदायको माग प्रति प्रदेश सरकार सकारात्मक रहेको बताए । 

यसैबीच विरोध कार्यक्रमको नेतृत्व गर्दै गएका राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।