जुम्ला- मेडिकल शिक्षा सुधारको माग राख्दै विगत १२ दिनदेखि १५ औं अनशनमा रहेका प्रा डा गोविन्द केसीको समर्थनमा जुम्लाका आमाहरुले भोकै आन्दोलन थालेका छन्।
मंगलबारदेखि आन्दोलन थालेका जुम्लाका स्थानीय आमाहरुले बुधबार भोकै आन्दोलनमा उत्रिएका हुन्। ती आमाहरुले डा केसीले आफ्नो सन्तानको उच्च मेडिकल शिक्षा अध्ययन सहज बनाउन लामो समयदेखि अनशन थालेकोले आफूहरु पनि भोकै आन्दोलन उत्रिएको बताएका छन्।
सरकारले काठमाडौंमा निषेधित क्षेत्र घोषणा गरेपछि अनशन बस्न असार १६ गते जुम्ला पुगेका डा केसीलार्इ प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका डा केसीले थुनाकक्षबाट अनशन थालेपछि खलंगास्थित कर्भडहलमा छोडेको थियो।
बुधबार एक विज्ञप्ती जारी गर्दै १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन्। डा. केसी वार्तामा बस्न तयार नरहेको सरकारी भनाईको बाहिर आइरहेका बेला डा केसीले त्यसको खण्डन गर्दै आफू वार्ताका लागि तयार रहेको बताएका हुन्।
विवेकशील साझाका कर्णाली प्रदेशका संयोजक ज्ञेहेन्द्रप्रसाद दाहालले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको नेपाल समयलार्इ बताए। उनले भने, 'अब पनि सरकारले चेतन भने परिणाम गम्भीर हुन्छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...