सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हुम्लाका ५०५ बालबालिकाले लगाए मोर्डेना खोप

स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डेना खोप लगाउने अभियान सुरु गरेको छ। आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो।
 |  सोमबार, पुस ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

हुम्ला- आज हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाएका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डेना खोप लगाउने अभियान सुरु गरेको छ। आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो। 

triton college

सिमकोट गाउँपालिकामा रहेका तीन विद्यालयका विद्यार्थीलाई मात्रै आज पहिलो दिन खोप लगाएको छ। सिमकोट गाउँपालिका–७ मा रहेको कैलाश, सदरमुकाम सिमकोटका बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियान सुरु गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नयन भण्डारीले जानकारी दिए। बालमन्दिर माध्यामिक विद्यालयका १८३ जना र मानसरोवर माध्यामिक विद्यालयका ३२२ जना विद्यार्थीले खोप लगाएको संयोजक भण्डारीले बताए। 

मानसरोवर माध्यामिक विद्यालयका बालबालिकालाई खोप लगाउने काय सम्पन्‍न भएको र भोलि बाँकी रहेका बालमन्दिर र भीमसेन आधारभूत विद्यालयका साथै बोर्डिङ् तथा निजी विद्यालयका विद्यार्थीलाई मोर्डना खोप लगाइने भएको छ। 

स्वास्थ्य सेवा कार्यालय हुम्लाले मानसरोवर उच्च माध्यामिक विद्यालयका लागि ४०० डोज, बालन्दिर माध्यामिक विद्यालयका लागि ३५० डोज, कैलाश माध्यामिक विद्यालयका लागि ३५० डोज र रामदेब माध्यामिक विद्यालयका लागि १९० डोज खोपसहित आइतबार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। गाउँपालिकाका खोप केन्द्रतर्फ पनि खोप लिएर स्वास्थ्यकर्मी गइसकेकाले खोप केन्द्रमा पुग्ने बित्तिकै सुरु गरिने बताइएको छ। 

हुम्लामा ६३७ भाइल खोप आएको छ। यसबाट छ हजार ३७० बालबालिकाले मात्र भ्याक्सिन लगाउने पाउनेछन्। खार्पुनाथ गाउँपालिकालाई ७२०, ताँजाकोटलाई ८३० र अदानुली गाउँपालिकालाई एक हजार ८० डोज उपलब्ध गराइएको छ। जिल्लाका ४४ मध्ये ४१ वडाका खोप केन्द्रमा यो अभियान सञ्चालन गरिएको छ। 

Metro Mart
vianet

मोडर्ना खोप लगाउनुपर्ने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका हुम्लामा नौ हजार ६२१ छन्। हुम्लामा खोप अभियान पुस १४ गतेसम्म सञ्चालन हुने र पहिलो मात्रा खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने भएका छन्।

हिमपात र चिसोका कारण यसअघि नै जिल्ला खोप समन्वय समितिको वैठकले नाम्खा गाउँपालिकाका–४, ५ र ६ मा यस पटक लगाउन नसकिने र पछि उपयुक्त समयमा लगाइने निर्णय गरेको छ।

प्रकाशित: Dec 20, 2021| 21:05 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।