काठमाडौं- रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि उक्त जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई दिइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी हुन्।
रक्षामन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपदबाट राजीनामा दिएका हुन्। नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्री पदमा हार्ने भएपछि रिजालले शुक्रबार रक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए।