मंगलबार, असार ३०, २०८३

साउन २३ देखि २५ मा नेविसंघको महाधिवेशन घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन आगामी साउन २३ देखि २५ सम्म हुने भएको छ। 

असार २५ गते बसेको नेविसंघको बहुमत केन्द्रीय सदस्यले गरेका निर्णयहरु सार्वजनिक गर्दै बुधबार संघका महामन्त्री कुन्दन राज काफ्लेले कुनै हालतमा साउन २३- २५ गते १२ औं महाधिवेशन सफल रुपमा सम्पन्न गरिने बताए। 

उनले भने, 'नेविसंघको विधान बमोजिम बहुमत केन्द्रीय सदस्यले गरेका निर्णयहरु वैधानिक हुने भएकोले महाधिवेशन पनि वैधानिक रुपमै अघि बढ्छ। यसलार्इ सफल पार्न देशभरका नेविसंघका नेता कार्यकर्ता साथीहरुलार्इ तयारी गर्ने आग्रह गर्दछु।'

साउन ९ देखि २२ सम्म अधिवेशन तथा निर्वाचनका अन्य कार्यक्रमहरु सञ्चालन गरिने समेत बुधबार आयोजित पत्रकार सम्मेलनमा जानरी गराइएको छ। महाधिवेशन सम्पन्न गर्नका लागि १३ वटा महाधिवेशन आयोजक उपसमिति पनि गठन गरिएको छ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले गरिएको भनिएका पदाधिकारीको मनोनयन खारेज गर्ने निर्णय गरेको महामन्त्री काफ्लेले जानकारी गराए।

संघका बहुमत केन्द्रीय कार्यसमिति सदस्य (८७) को उपस्थितिमा संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा असार २५ गते बसेको बैठकले उक्त निर्णयहरु गरेको थियो। 

अध्यक्ष महरलार्इ उपस्थितिका लागि पत्र पठाएको तर उनी कारणवश उपस्थित हुने नसेकेको पत्रकार सम्मेलनमा जानरी गराइएको हो। कार्यक्रममा पदाधिकारीहरु उपाध्यक्ष प्रकाश राना, नविन रार्इ, रामप्रसाद अधिकारी महामन्त्री कुन्दनराज काफ्लेलगायतको उपस्थिति रहेको थियो। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।