बिहीबार, भदौ ४, २०८३

कांग्रेस केन्द्रीय सदस्यमा डिलाको अग्रता कायमै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ। अहिले खुला महिला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ। अहिले खुला महिला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ।

अहिलेसम्म ३ हजार ५० मत गणना गर्दा डिला संग्रौला अगाडि छिन्। संग्रौलाले १९ सय ६ मत ल्याएकी छन्। पुष्पा भुसालले १८ सय ७ मत ल्याउँदा तेस्रो नम्बरमा १६ सय ८८ मतसहित आरजु राणा छिन्।

चौथोमा अम्बिका बस्नेत (१५२९) र पाँचौंमा ईश्वरी न्यौपाने (१४ सय ९४) मत छन्। खुला केन्द्रीय सदस्य गणना सकेर खुला महिला केन्द्रीय सदस्यको गणना सुरु भएको हो। 

खुला महिलातर्फ ९ जनाका लागि ३० जना उम्मेदवार छन्।

प्रकाशित: Dec 20, 2021| 17:39 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...