सोमबार, मंसिर १८, २०८०

'कबड्डी ४' वैशाख २३ मा रिलिज हुने, यस्तो बन्यो टिजर

दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘कबड्डी ४’ को टिजर सार्वजनिक भएको छ।
 |  सोमबार, पुस ५, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘कबड्डी ४’ को टिजर सार्वजनिक भएको छ। चलचित्रको टिजरसँगै निर्माण टिमले प्रदर्शन मितिको समेत घोषणा गरेको छ। यो चलचित्र २०७९ वैशाख २३ गते रिलिज हुने भएको छ। 

sagarmatha cement

रामबाबु गुरुङ निर्देशक रहेको ‘कबड्डी ४’ बाँसुरी फिल्मसको प्रस्तुति हो। दयाहाङ र सौगातका साथै चलचित्रमा मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ। चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ।

‘कबड्डी’का अघिल्ला तीनवटा सिरिज हिट भएका थिए। चलचित्रको टिजरमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ। 


प्रकाशित: Dec 20, 2021| 16:45 सोमबार, पुस ५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।