काठमाडौं। देशको राजधानी भएकाले पनि काठमाडौं मुलुकको सबैभन्दा व्यस्त शहर हो । उपत्यकाका सार्वजनिक स्थलहरू प्रायः सातै दिन व्यस्त र भीडभाडयुक्त रहन्छन् । त्यसभन्दा फरक छैन, चाबहिलस्थित बौद्ध स्तुपा।
स्तुपा परिसरमा दैनिक सयौं सर्वसाधारण आउने गर्छन् । कोही आनन्दानुभुति, कोही धार्मिक मनोकांक्षा पूरा गर्न त कोही पर्यटकीय स्थलका रूपमा बौद्ध स्तुपा परिक्रमा गरिरहेका भेटिन्छन् ।
बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि यहाँ सर्वसाधारणको ओहोरदोहोर चलिरहन्छ । हामीले साँझपख बौद्ध स्तुपामा रमाउने सर्वसाधारण, घुम्न पुग्ने पर्यटक तथा स्तुपा परिसरको दृष्यलाई कैद गरेका छौं ।
भिडियोमा हेर्नुहोस् साँझपखको बौद्ध स्तुपा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...