काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आज सोमबार ४७औं दीक्षान्त समारोह मनाएको छ।
दीक्षान्त समारोहको अवसरमा त्रिविबाट ०७७ असार १ देखि ०७८ जेठ मसान्तसम्म स्नातकोत्तर र विद्यावारिधी तह पूरा गरेर ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी दीक्षित भएका छन्।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना भएको समारोहको अध्यक्षता प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै देउवाले मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्ने बताए। विश्वविद्यालयमा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी शिक्षा दिइनुपर्नेमा उनले जोड दिए।