काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ। अहिले खुला महिला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ।
अहिलेसम्म १३ सय ६४ मतगणना गर्दा डिला संग्रौला अगाडि छिन्। संग्रौलाले ८२५ मत ल्याएकी छन्। पुष्पा भुसालले ८०२ मत ल्याउँदा तेस्रो नम्बरमा ७२८ मतसहित आरजु राणा छिन्।
चौथोमा अम्बिका बस्नेत (६५८) र पाँचौंमा ईश्वरी न्यौपाने (६४०) मत छन्। खुला महिलातर्फ ९ जनाका लागि ३० जना उम्मेदवार छन्।
खुला केन्द्रीय सदस्य गणना सकेर खुला महिला केन्द्रीय सदस्यको गणना सुरु भएको हो।