काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ललितपुरबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। ललितपुरबाट खुला तर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा मदनबहादुर अमात्य, उदयशमशेर राणा र जितजंग बस्नेत छन्। तीनै जना पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। खुलातर्फको ३५ मध्ये राणाले २८४३, अमात्यले १८३० र बस्नेत २५५७ ले मत ल्याएर विजयी भएका हुन्।
दोस्रो संविधानसभा सदस्य रहेका राणा पूर्व अर्थ राज्यमन्त्रीसमेत हुन्। १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा लडेका थिए राणा। त्यतिखेर खुलातर्फ २५ जना निर्वाचित हुने व्यवस्था भएकोमा राणा २७ औं नम्बरमा परेका थिए।
नेपाल तरुण दलका अध्यक्ष जितजंग नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुन्। राणा नेपाल तरुण दलको पूर्व अध्यक्ष हुन्। उनले खुलातर्फ चौथो सर्वाधिक मत ल्याएका छन्। लामो समय ललितपुर कांग्रेसको जिल्ला सभापति रहेका अमात्य २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए।