बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी प्रदेश २ को सम्मेलन सकियो, नयाँ नेतृत्व प्रचण्डले घोषणा गर्ने

माओवादी प्रदेश २ को सम्मेलन सकियो, नयाँ नेतृत्व प्रचण्डले घोषणा गर्ने

लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

सर्लाही- सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलननले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन। लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो।

लामो छलफलबाटसमेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ।

माओवादी प्रदेश २ कमिटी संयोजक प्रलाह्द बुढाथोकीका अनुसार जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको हो। 

माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेका अनुसार २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृति सभाको अवसरमा नयाँ कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ।  प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  घोषणा गर्नेछन्।

प्रकाशित: Dec 20, 2021| 11:20 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...