बिहीबार, भदौ ४, २०८३

मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए। ६४ मत कम आउँदा उनी पराजित बनेका हुन्।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

विराटनगर-  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन्।

संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए। ६४ मत कम आउँदा उनी पराजित बनेका हुन्।

कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ। कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन्।

पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिन्छन। उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए। पराजित भएपछि कार्कीले सामजिक संजाल फेसुबकमा लेखेका छन्, 'म खुसी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु परोस,स्वाभिमान नझुकोस् पदसँग प्रतिष्ठा साट्नु नपरोस।'

प्रकाशित: Dec 20, 2021| 10:50 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...