बिहीबार, भदौ ४, २०८३

कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना अगाडि बढाइँदै

आइतबार खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएमा सोमबार बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं- नेपाली कांग्रेसले खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनालाई अगाडि बढाएको छ।

आइतबार खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएमा सोमबार बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने छ।

अहिलेसम्म खुला महिलातर्फ कसले कति मत पाए भन्ने निर्वाचन समितिले सार्वजनिक गरेको छैन। खुला महिलातर्फ ९ जना निर्वाचित हुने व्यवस्था छ। चुनावी मैदानमा भने ३० जना उत्रिएका थिए।  

यस्तै पुरुष खुला केन्द्रीय सदस्यमा ३५ जना अन्तिम नतिजा आइतबार नै सार्वजनिक भइसकेको छ। निर्वाचन समितिले मधेशी कलष्टरतर्फ केन्द्रीय सदस्यको मतगणना पनि सुरू गरेको जनाएको छ। मधेशी कलष्टरतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ।

प्रकाशित: Dec 20, 2021| 08:32 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...