शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • तोकिएको पारिश्रमिक उपलब्ध नगराइए आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

Siddartha premir insuranceSiddartha premir insurance

तोकिएको पारिश्रमिक उपलब्ध नगराइए आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

सरकारले निर्धारण गरेको तलब जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउन तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले आन्दोलन गर्ने निर्णय गरेका हुन्।
 |  सोमबार, पुस ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरेका छन्। 

triton college

सरकारले निर्धारण गरेको तलब जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउन तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले आन्दोलन गर्ने निर्णय गरेका हुन्। 

संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेटमार्फत गत साउन महिनादेखि लागु हुनेगरी बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुको तलब वृद्धि गर्ने घोषणा गरेको थियो। सरकारको उक्त निर्णय अनुसार धनुषाकै गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनीयाँ गाउँपालिका लगायत अधिकांश स्थानीय तहहरुले तलब वितरण गरिसकेका छन्।

तर, जनकपुरधाम उपमहानगरपालिकाले भने तोकिएको तलब उपलब्ध गराउन आनाकानी गरेपछि आन्दोलनमा जाने विकल्प नरहेको बाल विकास शिक्षक संघर्ष समितिकी जिल्ला सह-संयोजक संजु यादवले बताइन्।

बाल विकासका शिक्षकहरू खानसम्म नपुग्ने तलब मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनु पर्ने आफूहरुको माग रहेको उनले बताइन्।  

Metro Mart
vianet

जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको संयूक्त संघर्ष समितिका सह-संयोजक यादवको अध्यक्षतामा बसेको बैठकमा जनकपुरधाम उपमहानगरपालिकामा बुझाइएको ज्ञापनपत्र अनुसार पुस ६ गतेसम्म बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको तलब भुक्तानी नभए ७ गतेदेखि पेनडाउन गरी बिहान १० बजेदेखि उपमहानगरको कार्यालय अगाडि धर्ना दिने चेतावनी समेत दिइएको छ। 

जनकपुरधाम उपमहानगरपालिका मातहतका बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको तलव निकासा सम्बन्धी सम्बोधन गराउन शिक्षक संघसंगठनहरुले सकारात्मक भूमिका निर्वाह नगरे आगामी दिनमा आफूहरुले पनि असहयोग गर्ने सह-संयोजक यादवले बताइन्। 

यादवले लेखापालको मासिक तलव १८ हजार ५०० र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलव १५ हजार हुनुपर्ने माग समेत गरिन्।

जनकपुरधाम उपमहानगरपालिकाभित्रका ४९ वटा सामुदायिक विद्यालयमा करिब दुई सयको हाराहारीमा बालविकासका शिक्षकहरू कार्यरत छन्।

प्रकाशित: Dec 20, 2021| 08:15 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।