सोमबार, चैत २, २०८२

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बैंकक- थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि बुधबार ठूलो खुशियाली छाएको छ । 

थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनाको बुधबारका विश्वका अखबारमा पनि प्रमुख समाचार बनेको छ । 

तीन दिन लगाएर १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकलाई उक्त गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएपछि थाइल्याण्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा निकै ठूलो खुशी साटेका छन् । 

फुटबलको तालिमका लागि गएका १६ वर्ष मुनिका १२ जना बालक र उनीहरूका एकजना २५ वर्षीय प्रशिक्षक ठूलो वर्षापछि आएको बाढीका कारण १८ दिनदेखि गुफामा फसेका थिए । 

थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ । सो गुफामा थुनिएका बाँकी पाँच जनालाई लिएर मङ्गलबार अपरान्ह एम्बुलेन्स चियाङ राइस्थित अस्पताल पुग्दा त्यहाँ रहेका आफन्त र सरकारी अधिकारीहरुले खुशियाली साटासाट गरेका थिए । 

उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो । आइतबार गोताखोरहरुले चार जनाको मात्र उद्धार गरी बाहिर निकाल्न सकेका थिए । 

त्यस्तै सोमबार चार र मङ्गलबार पाँचजनाको उद्धार गरिएको हो । मङ्गलबार निकै ठूलो वर्षा भएको थियो । वर्षाका कारण उक्त गुफामा पसेको बाढीको बहाव झनै बढेको थियो । 

जसका कारण गुफामा बाँकी रहेका पाँच जनालाई बाहिर निकाल्न नसकिने त होइन भन्ने त्रास पनि बढेको थियो । तर पनि अपरान्ह्सम्ममा उद्धारको काम सम्भव भएपछि भने देशैभरि हर्ष छाएको थियो । 

ती सबैजना अर्थात् १२ जना बालक र उनीहरुका एकजना प्रशिक्षकलाई अस्पतालमा राखिएको छ । लामो समयदेखि गुफामा रहदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन् । 

उनीहरुलाई हेर्न आफन्तहरु अस्पताल पुगेका थिए । त्यस्तै थाइल्याण्डका प्रधानमन्त्रीले पनि अस्पतालमै पुगेर सबै १३ जनालाई भेट्नुभएको बताइएको छ । 

यसैबीच बुधबार प्राप्त समाचारमा उनीहरुको उद्धारका कारण देशैभरि खुशियाली छाएको छ । ती बालकहरुको विद्यालयमा बुधबार शिक्षक र विद्यार्थीहरुले एक कार्यक्रम गरेर खुशी मनाएका बताइएको छ । 

त्यसैगरी उनीहरुका गाउँमा आफन्तहरुले पनि खुशियाली मनाएका बताइएको छ । सामाजिक सञ्जालहरुमा देशैभरिका नागरिकले उद्धारमा खट्ने थाइ सैनिक तथा विदेशी विज्ञ र गोताखोरहरुलाई विशेष धन्यवाद दिएका छन् । 

थाइल्याण्ड सरकारले पनि उद्धारको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्ने सबैजना सदस्यलाई विशेष धन्यवाद ज्ञापन गरेको बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।